images

२०८३ आश्विन २ गते

images
images
images

कुहुँमा लक्ष्यअघि नै सडक स्तरोन्नति सम्पन्न

कुहुँमा लक्ष्यअघि नै सडक स्तरोन्नति सम्पन्न

images
images
शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • म्याग्दी, १२ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहुँमा सञ्चालित चन्निका घुम्ती–उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य समयभन्दा करिब डेढ महिना अघि नै सम्पन्न भएको छ।

    images
    images

    आगामी जेठ १५ गतेसम्म म्याद रहेको उक्त योजनाको निर्माण कम्पनी मङ्गला कन्ट्रक्सनले इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद निर्धारित समयअघि नै काम सक्न सफल भएको हो।

    गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ मा रु ५० लाख बजेट विनियोजन गरेको यस योजनाका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दी र निर्माण कम्पनीबीच २०८२ माघ ६ गते रु ४६ लाख २९ हजार १२४ मा ठेक्का सम्झौता भएको थियो।

    images
    images

    ठेक्का सम्झौतापछि तत्कालै श्रमिक, उपकरण तथा निर्माण सामग्री परिचालन गरी गत चैत महिनामै निर्माण कार्य सम्पन्न गरिएको कम्पनीका सञ्चालक चक्रलाल पाण्डे (राजु)ले जानकारी दिनुभयो। कार्यालयका अनुसार योजनाको भौतिक प्रगति ९६।२२ प्रतिशत पुगेको छ।

    यस योजनाअन्तर्गत कुहुँ गाउँभित्र ५१ मिटर सडक फराकिलो पार्दै मेसिनरी पर्खाल र नाली निर्माण गरिएको छ। साथै उपल्लो तुसारेपानीदेखि कुहुँतर्फ जाने २५० मिटर सडक खण्डमा फराकिलो पार्ने, ग्रेड सुधार तथा घुम्ती सुधार गरिएको छ।

    उपल्लो तुसारेपानी र कुहुँबीचको डाँडाको घुम्तीमा १२८ घनमिटर ग्यावियन पर्खाल निर्माण गरी सडकलाई थप सुरक्षित र सहज बनाइएको पूर्वाधार विकास कार्यालयका सव–इञ्जिनियर रविन चोखालले बताउनुभयो।

    स्थानीय बासिन्दा रविन पुनका अनुसार सडक सुधारसँगै सवारी आवतजावत सहज र सुरक्षित भएको छ। पहिले साँघुरो सडकका कारण गाडी फर्काउन ३०० मिटर टाढा लैजानुपर्ने समस्या थियो भने अहिले सो समस्या अन्त्य भएको छ।

    सडकको अनुगमनका क्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुम्जाली तथा पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख वरिष्ठ डिभिजनल इञ्जिनियर डा। महेन्द्र बानियाँले मूल्यवृद्धिको चुनौतीबीच पनि समयअघि काम सम्पन्न हुनु सकारात्मक सन्देश भएको प्रतिक्रिया दिनुभयो।

    कार्यालय प्रमुख बानियाँका अनुसार यस वर्षका अन्य दुई योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका छन्। घारखोला–नेपाने सडक र ज्ञानप्रकाश माविदेखि कोट–खलङ्गा हुँदै ठारा जाने सडक निर्माण कार्य पनि निर्धारित समयभन्दा अघि सकिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend