images

२०८३ आश्विन २ गते

images
images
images

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

images
images
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • ढोरपाटन (बागलुङ), १४ वैशाख । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

    images
    images

    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा सम्म जोडिएको यो सडकको साँघुरो र अप्ठ्यारो छ । दैनिक स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । यो सडक विसं २०५७ देखि २०६० सम्म जनश्रमदानबाट निर्माण गरिएको थियो ।

    गाउँमा कोही बिरामी परे तत्काल अस्पताल ल्याउँदा बढी समस्या हुने गरेको ताराखोला गाउँपालिका–२ का तमबहादुर रोकामगरले बताएका छन । वर्षौँ अगाडि दुःख गरेर कोदोला, गैँती र बेल्चाले खनेको सडक अहिले ठूलाठूला मेसिन चल्दा पनि स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उनको गुनासो छ ।

    images
    images

    रोकामगरले भने, “सडकको दुरावस्थाका कारण गाउँका मान्छेहरूले धेरै दुःख पाएका छन्, नेताहरू राज्य सरकारमा धेरै पटक पुगे, लौ नै यति सडक त राम्रो गराउनुपर्यो भनेर धेरैपटक माग गर्यौँ तर अहिलेसम्म जस्ताको त्यस्तै छ, कहिले बन्ला र सहज रूपमा बजार झर्न पाइएला ?”

    रिजालचोकदेखि करिब ४० किलोमिटर रहेको सडक व्यवस्थित नबन्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय टीकाबहादुर विकले गुनासो पोखेका छन ।दूरीका हिसाबले जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै भए पनि अप्ठ्यारो सडकका कारण एक हजारभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । सहिदका नाममा बनेको सडक यतिका वर्षसम्म व्यवस्थित नबन्दा उनीहरूप्रतिको अपमान भएको विकले बताएका छन ।

    “गाउँबाट बागलुङ बजार पुग्न तीन घण्टा बढी लाग्छ, सडक राम्रो भए त एकै घण्टामा पुग्न सकिने दूरी हो, यहाँको समस्या धेरैपटक सुनायौँ तर कतैबाट पनि सुनुवाइ हुन सकेन”, विकले भने, “यति सडक व्यवस्थित भए त हाम्रो जीवनस्तर पनि बदलिने थियो, गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजार पुर्याउन सकिने थियो, बजारबाट पनि सस्तो भाडामा सामान ल्याउन सकिने थियो ।”

    सहिदमार्गको काठेखोला गाउँपालिका–४ देखि ताराखोला गाउँपालिका–१, २ र ४ सम्मको खण्ड बढी अप्ठ्यारो छ । यो क्षेत्रमा खाल्डाखुल्डी धेरै छन् भने सडक निकै साँघुरो छ । आर्थिक वर्ष २०८०।८१ मा दुई करोड रुपैयाँ र गत वर्ष एक करोड ५१ लाख रुपैयाँ खर्चेर केही खण्डमा काम भए पनि अरु काम हुनसकेको छैन ।

    ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले यो सडक स्तरोन्नतिका लागि ठूलो बजेट लाग्ने तर गाउँपालिकामा सीमित बजेट हुने हुँदा काम गर्न नसकेको बताएका छन । सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारसँग पटकपटक बजेट माग गरे पनि अहिलेसम्म प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend