images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई...

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

images
images
शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • मुस्ताङ । जोमसोमस्थित घरपझोङ गाउँपालिका–४ मा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल विगत दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। ‘एक स्थानीय तह एक खेलग्राम’ अवधारणाअन्तर्गत सुरु गरिएको उक्त दीर्घकालीन महत्वको आयोजना बजेट अभावका कारण रोकिएको हो।

    images
    images

    आर्थिक वर्ष २०७६।७७ मा सुरु गरिएको दुईतले सुविधा सम्पन्न कभर्ड हल संघीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माण थालिएको थियो। कुल लागत ६ करोड ५८ लाख रुपैयाँ अनुमान गरिएको यो आयोजनामा आवश्यक बजेट समयमै विनियोजन नहुँदा कामले गति लिन सकेको छैन।

    घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमका अनुसार आयोजनाको भौतिक प्रगति हालसम्म करिब ४० प्रतिशत मात्र पुगेको छ। प्रारम्भिक वर्षमा संघीय सरकारबाट ४० लाख, प्रदेशबाट ५० लाख र गाउँपालिकाबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यसपछि पनि विभिन्न आर्थिक वर्षमा टुक्रे बजेटमार्फत काम अघि बढाइए पनि निरन्तरता पाउन सकेन।

    images
    images

    आव २०७७।७८ मा प्रदेशबाट २५ लाख र स्थानीय तहबाट १७ लाख गरी ४२ लाख बजेट विनियोजन गरिएको थियो भने आव २०७८।७९ मा तीनै तहबाट जम्मा ३२ लाख रुपैयाँ प्राप्त भएको थियो। त्यसैगरी आव २०८०।८१ मा संघीय सरकारबाट ३२ लाख र स्थानीय तहबाट २० लाख गरी ५२ लाख रुपैयाँ विनियोजन गरिएको थियो। हालसम्म करिब दुई करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको जनाइएको छ।

    निर्माण स्थलमा हाल प्यारापिट, भुइँतलाको संरचना र दुईतले ढाँचाको मुख्य भाग तयार भइसकेको छ। साथै, विभिन्न कक्षका कोठा संरचना र फलामे ढोका जडानसमेत भइसकेका छन्।

    ४५ मिटर लम्बाइ र २५ मिटर चौडाइको यो कभर्ड हलमा ७०० देखि ८०० दर्शक अट्ने क्षमता रहनेछ। यहाँ इनडोर भलिबल कोर्ट, कार्यालय कक्ष, चेन्जिङ रुम, भिआइपी कक्ष, मेडिकल कक्ष तथा शौचालय लगायतका सुविधा रहने योजना छ।

    गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले आयोजनालाई पूर्णता दिन संघीय र प्रदेश सरकारसँग पटक–पटक बजेट माग गरिए पनि हालसम्म पर्याप्त विनियोजन हुन नसकेको बताए। स्थानीय तहको स्रोतले मात्र आयोजना सम्पन्न गर्न कठिन रहेको उनको भनाइ छ।

    समुद्री सतहबाट करिब २,७०० मिटर उचाइमा रहेको जोमसोम क्षेत्रमा दिउँसोपछि तीव्र हावाहुरी चल्ने भएकाले आउटडोर खेल सञ्चालन गर्न कठिन हुन्छ। यस्तो अवस्थामा कभर्ड हल निर्माण सम्पन्न भएमा मुस्ताङका पाँचै स्थानीय तहमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend