images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • खोक्सिकमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पक्की...

खोक्सिकमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पक्की भवन निर्माण

खोक्सिकमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पक्की भवन निर्माण

images
images
शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • भोजपुर, २६ वैशाख । दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यहाँको खोक्सिकमा पक्की आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । यसअघि भवन अभावका कारण सहकारीको घरबाट सेवा प्रवाह हुँदै आएकोमा अब चारकोठे पक्की भवन निर्माण भएसँगै सेवा नयाँ भवनबाट सञ्चालन गरिएको हो ।

    images
    images

    वडाको पहलमा प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटमा पक्की भवन निर्माण गरिएको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार विगतमा स्वास्थ्य चौकी नै नहुँदा स्थानीयले आधारभूत स्वास्थ्य सेवा लिनसमेत सास्ती भोग्नुपरेको थियो ।

    “भौगोलिक विकटताका कारण हाम्रो क्षेत्रमा स्वास्थ्य सेवा लिन निकै कठिन थियो,” वडाध्यक्ष राईले भने, “सङ्घीयता कार्यान्वयनसँगै स्वास्थ्य चौकी स्थापना गर्यौँ । भवन नहुँदा सेवा प्रवाहमा समस्या थियो, तर अहिले पक्की भवन निर्माण गरेर सेवा थालेका छौँ ।”

    images
    images

    नवनिर्मित भवनको कोशी प्रदेश सांसद सिर्जना राईले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरे । उनले नयाँ भवन पक्की निर्माणसँगै सेवा प्रवाह प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरे ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताएका छन् ।

    स्थानीयवासी सूर्य राईले आफ्नै गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएपछि उत्साह बढेको बताएका छन् । उनका अनुसार विगतमा सामान्य उपचारका लागि दुइदेखि तीन घण्टा हिँडेर अन्य ठाउँ जानुपर्ने बाध्यता थियो ।

    “हाम्रो ठाउँमा पहिले स्वास्थ्य चौकी नै थिएन,” उनले भने, “स्थानीय तह आएपछि स्थापना भयो तर भवन अभावले समस्या थियो । अहिले पक्की भवन बनेपछि सेवा लिन निकै सहज भएको छ ।”

    दक्षिणी क्षेत्रमा पर्ने खोक्सिक जिल्ला सदरमुकामबाट करिब ५० किलोमिटर टाढा पर्छ । कच्ची सडकका कारण यहाँका नागरिकलाई सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन अझै पनि कठिनाइ हुने गरेको छ ।

    लुङ्गिनमा टोल विकास भवन निर्माण
     
     शोजपुरको लुङ्गिन क्षेत्रमा स्थानीयस्तरमा सामुदायिक विकासलाई थप सुदृढ बनाउने उद्देश्यले चार वटा टोल विकास संस्थाका भवन निर्माण सम्पन्न गरिएको छ । स्थानीय तहको पहल, बजेट विनियोजन तथा टोलबासीको सक्रिय सहभागितामा भवन निर्माण गरिएका हो । 

    यी भवनले गाउँस्तरमा हुने विभिन्न सामाजिक, आर्थिक तथा विकाससम्बन्धी गतिविधि सञ्चालनमा महत्वपूर्ण टेवा पु¥याएका छन् । निर्माण गरिएका भवन अहिले टोलबासीका लागि साझा केन्द्रका रूपमा प्रयोगमा आएका छन् । विगतमा बैठक, भेला तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव हुँदा समस्या झेल्दै आएकोमा अहिले सहजता भएको स्थानीयबासी विश्वहाङ राईले बताएका छन् ।

    भवन निर्माण पश्चात सहज रूपमा एउटै स्थानमा भेला भएर छलफल, योजना निर्माण तथा निर्णय प्रक्रियाअघि बढाउन सहजता भएको उनको भनाइ छ । यसले स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र सहभागितामूलक बनाउन भूमिका खेलेको राईले बताएका छन् । 

    भवन अभावका कारण विगतमा वर्षा, घाम वा अन्य प्रतिकूल अवस्थाका बेला बैठक सञ्चालन गर्न कठिनाइ हुने गरेको थियो । कतिपय अवस्थामा खुला स्थान वा निजी घरमा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको थियो । तर अहिले भवन निर्माण भएसँगै नियमित रूपमा बैठक, सचेतनामूलक कार्यक्रम, सरसफाइ अभियान, महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुन थालेका छन् ।
     
    टोलबासीबीच छलफल र सहकार्यको वातावरण बढ्दै जाँदा साना–ठूला समस्या समाधानमा पनि सहजता आएको स्थानीयवासीको हेमराज कार्कीले बताएका छन् ।

    स्थानीय तथा टोलस्तरमा हुने सामाजिकलाई कार्यलाई सहज रूपमा सञ्चालन गर्ने लक्ष्यले चार वटा टोल विकास संस्थाको भवन निर्माण गरिएको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताएका छन् ।  भवन निर्माणसँगै टोलस्तरका भेला, वैठक तथा समाजिककार्य सञ्चालनको लागि सहजता थपेको उनले बताएका छन् ।

    “नागरिकलाई सहज रूपमा बैठक भेला सञ्चालन गर्ने वातावरण बनाउनको लागि टोल भवन निर्माण गरेका छौँ” वडाध्यक्ष थापाले भने, “भवन निर्माणले नागरिक उत्साहित भएका छन् ।”
    आगामी दिनमा यी भवनलाई बहुउपयोगी बनाउँदै सीपमूलक तालिम, आयआर्जन कार्यक्रम, बालबालिका तथा युवाका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने योजनासमेत रहेको जनाइएको छ ।

    यस किसिमका सामुदायिक भवन निर्माणले ग्रामीण क्षेत्रमा स्थानीय विकासलाई गतिशील बनाउँदै आत्मनिर्भरता र सशक्तीकरणतर्फ अग्रसर गराउने स्थानीबासीले बताएका छन् । 

    राष्ट्रिय जनगणना २०७८ अनुसार यो वडामा ५८४ परिवारको बसोबास रहेको छ भने कुल जनसङ्ख्या २,४९३ रहेको छ । जसमध्ये १,२२२ पुरुष र १,२७२ महिला रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend