काठमाडौँ। कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि.बीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा तथा औषधि खरिदमा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।
बैंकका अनुसार उक्त सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ। ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै आएको बैंकले यसअघि पनि देश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालसँग यस्ता छुटसम्बन्धी सम्झौता गर्दै आएको जनाएको छ।विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ।बैंकले बदलिँदो समय र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।




.gif)



