images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो,...

लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो, अब कति ?

लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो, अब कति ?

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ।नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको रु. ६० लाखबाट घटाएर रु. ५४.९९ लाख अर्थात् साविकको मूल्यभन्दा रु. ५ लाख कम कायम गरिएको छ । उक्त घोषणा उत्तरढोकास्थित लिपमोटरको शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो, जसमा मिडिया प्रतिनिधिहरू, अटो इन्फ्लुएन्सरहरू र इभी प्रेमीहरूको उपस्थिति रहेको थियो।

    images
    images

    यो परिमार्जित मूल्यले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर बी१० लाई थप पहुँचयोग्य बनाउनेछ। कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले भने, “लिपमोटर बी१० टप भेरियन्टको मूल्य रु. ५ लाखले घटेर अब मात्र रु. ५४.९९ लाख कायम हुनुले नेपाली ग्राहकहरू माझ अत्यन्तै सुलभ मूल्यमा परिष्कृत इलेक्ट्रिक मोबिलिटी भित्र्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।”लिपमोटर बी१० ले आधुनिक एसयूभी प्याकेजमा इन्टेलिजेन्ट टेक्नोलोजी, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमतालाई संयोजन गरेको छ। यसको टप भेरियन्ट ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १६० किलोवाट मोटर पावरका साथ उपलब्ध छ । अत्याधुनिक एडास सुविधाहरू, यूरो एनक्याप ५-स्टार सेफ्टी रेटिङ, स्न्यापड्रागनद्वारा सञ्चालित स्मार्ट ककपिट, फराकिलो इन्टेरियर, द्रुत चार्जिङ क्षमता र ६०० किलोमिटर डब्लुएलटीपीको उत्कृष्ट ड्राइभिङ रेन्ज भएको बी१० आधुनिक इभी प्रयोगकर्ताहरूलाई सहज र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

    लिपमोटर विश्वप्रसिद्ध अटोमोबाइल समूह ‘स्टेलान्टिस’ द्वारा समर्थित एक स्थापित इभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू रहेका छन्। चीनको अग्रणी इभी स्टार्टअपका रूपमा बलियो बजार हिस्सा ओगट्न सफल लिपमोटरको यो सफलता यसको १० लाखभन्दा बढी विश्वव्यापी बिक्री र गत मे महिनामा मात्रै डेलिभरी भएका ८१,५६९ युनिट गाडीहरूले प्रमाणित गर्ने कम्पनीले जनाएकाे छ । विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको वृहत् नेटवर्कका कारण लिपमोटरका ग्राहकहरूले सदैव ढुक्क भई यात्रा गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend