images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • हुन्डाईको ‘World Cup to World Cup’...

हुन्डाईको ‘World Cup to World Cup’ अफर सार्वजनिक, चार वर्षे विशेष लाभ योजना

हुन्डाईको ‘World Cup to World Cup’ अफर सार्वजनिक, चार वर्षे विशेष लाभ योजना

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले फिफा विश्वकप २०२६ लाई केन्द्रमा राख्दै ‘World Cup to World Cup’ नामक चार वर्षे विशेष अफर सार्वजनिक गरेको छ।कम्पनीले यो अभियानमार्फत ग्राहकलाई आकर्षक नगद छुट, बीमा सुविधा, वारेन्टी तथा दीर्घकालीन सेवा लाभसहित सुरक्षित र सुविधाजनक स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।कम्पनीका अनुसार उक्त योजनाले ग्राहकलाई मोबिलिटीसँगै दीर्घकालीन मूल्य, सुरक्षा र सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। अफरअन्तर्गत सवारी खरिद गर्ने ग्राहकले आकर्षक नगद छुटका साथै एक्सचेन्ज तथा मूल्याङ्कन सुविधा प्राप्त गर्न सक्नेछन्।

    images
    images

    त्यस्तै, खरिदसँगै एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स सुविधा उपलब्ध गराइनेछ। कम्पनीले चार वर्षको गाडी वारेन्टी, आठ वर्षसम्मको हाई–भोल्टेज ब्याट्री वारेन्टी तथा छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि प्रदान गर्ने जनाएको छ।कम्पनीले यो योजनाले ग्राहकलाई दीर्घकालीन रूपमा लागत बचत, सुरक्षित स्वामित्व र सहज सेवा अनुभव दिलाउने विश्वास व्यक्त गरेको छ।लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार ‘World Cup to World Cup’ अभियानले हुन्डाई गाडीप्रति ग्राहकको भरोसा अझ मजबुत बनाउनेछ र नेपालमा विद्युतीय तथा आधुनिक सवारी साधनको अपनत्व बढाउने लक्ष्य राखिएको छ।यो विशेष योजना फिफा विश्वकप २०२६ सम्म लागू रहने बताइएको छ। कम्पनीले यस अवधिमा ग्राहकलाई अधिकतम सुविधा र मूल्य प्रदान गर्दै हुन्डाई ब्रान्डलाई अझ नजिक बनाउने उद्देश्य लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend