images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • नव प्रभात डेरी उद्योगलाई अन्तर्राष्ट्रिय सम्मान,...

नव प्रभात डेरी उद्योगलाई अन्तर्राष्ट्रिय सम्मान, दुग्ध क्षेत्रको योगदानको उच्च मूल्याङ्कन

नव प्रभात डेरी उद्योगलाई अन्तर्राष्ट्रिय सम्मान, दुग्ध क्षेत्रको योगदानको उच्च मूल्याङ्कन

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । नेपाली दुग्ध उद्योगको विकास, कृषकको आयवृद्धि तथा स्वदेशी उत्पादन प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नव प्रभात डेरी उद्योगलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ। उद्योगले कृषि, दुग्ध उत्पादन र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा पुर्‍याएको निरन्तर योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

    images
    images

    सम्मान ग्रहणपछि डेरी उद्योगका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले प्राप्त सम्मान सम्पूर्ण नेपाली कृषक, दुग्ध उत्पादक, उद्यमी तथा शुभेच्छुकहरूमा समर्पित रहेको बताउनुभयो। उहाँले यो उपलब्धिले कृषि तथा दुग्ध क्षेत्रको विकासमा अझ जिम्मेवार, प्रभावकारी र प्रतिबद्ध भएर काम गर्न प्रेरणा थपेको उल्लेख गर्नुभयो।

    पाटन औद्योगिक क्षेत्रमा अवस्थित नव प्रभात डेरी उद्योग अन्तर्राष्ट्रिय गुणस्तर मान्यता (आईएसओ) प्राप्त डेरी उद्योग हो। उद्योगले हाल दैनिक करिब २५ हजार लिटर दूध प्रशोधन तथा बजारमा आपूर्ति गर्दै आएको छ। उद्योगमार्फत दैनिक करिब १७ लाख रुपैयाँ शहरबाट गाउँतर्फ आर्थिक प्रवाह भइरहेको बताइएको छ, जसले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

    images
    images

    उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईंका अनुसार ‘प्रभात’ ब्रान्ड अन्तर्गत दूध तथा विभिन्न दुग्धजन्य उत्पादनहरू काठमाडौं उपत्यकासहित देशका विभिन्न बजारमा बिक्री वितरण हुँदै आएका छन्। गुणस्तरीय उत्पादन, उपभोक्ताको विश्वास र कृषकसँगको सहकार्यका कारण उद्योगले बजारमा आफ्नो अलग पहिचान बनाउन सफल भएको उहाँको भनाइ छ।

    प्रबन्ध निर्देशक तिमल्सिनाले उद्योगले विगतदेखि गर्दै आएको सकारात्मक कार्यको प्रतिफलस्वरूप सम्मान प्राप्त भएको बताउँदै नव प्रभात डेरी उद्योगले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा प्रशंसापत्र हासिल गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्मानले नेपाली दुग्ध उद्योगको क्षमता र स्वदेशी उत्पादनको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुगेको छ।

    उद्योगले कृषकको उत्पादनलाई सुनिश्चित बजार उपलब्ध गराउने, आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय दुग्धजन्य वस्तु उत्पादन गर्ने तथा ग्रामीण क्षेत्रको आर्थिक विकासमा योगदान पुर्‍याउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। यस सम्मानले नव प्रभात डेरी उद्योगलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा विस्तार गर्न तथा नेपाली दुग्ध क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend