काठमाडौं, २९ जेठ । गोरखाको सहिदलखन गाउँपालिकाले बर्खायाममा कच्ची सडकको संरक्षणका लागि ट्रक, ट्रिपर र ट्र्याक्टरजस्ता हेभी इक्वीपमेण्ट सञ्चालनमा रोक लगाएको छ।
गाउँपालिका अध्यक्ष रमेश थापाका अनुसार सडकको दीर्घकालीन संरक्षण तथा अत्यावश्यक यातायात सेवा सहज बनाउन वर्षाको अवधिभर भारी सवारी साधन सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
पालिकाले खाद्यान्न तथा निर्माण सामग्रीजस्ता आवश्यक वस्तु वर्षायाम सुरु हुनुअघि नै ढुवानी गरी भण्डारण गर्न समेत अनुरोध गरेको छ।




.gif)





