images

२०८३ आश्विन २ गते

images
images
images

पहिलोपटक नाइमा एक्स्पोमा सहभागी हुँदै टाटा

पहिलोपटक नाइमा एक्स्पोमा सहभागी हुँदै टाटा

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संगठन (नाइमा)को एक्स्पोमा पहिलोपटक टाटा मोटर्स पनि सहभागी हुने भएको छ । यसअघि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को एक्स्पोमा सहभागी रहेको टाटा मोटर्सले यसपालि नाइमाको एक्स्पोमा पनि सहभागिता जनाउन लागेको कम्पनीले जनाएको छ । आगामी साउन २६ गतेदेखि आयोजना हुने दोस्रो संस्करणको ‘नाइमा नेपाल मोविलिटी एक्स्पो’ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न भइसकेको छ ।  सोही क्रममा प्रदर्शनीमा टाटा मोटर्सले पनि सहभागिता जनाउने निश्चित भएको हो।

    images
    images

    अघिल्लो वर्ष केवल नाडा अटो शोमा मात्र देखिएको टाटा यसपटक नाइमा मोविलिटी एक्स्पोमा समेत उपस्थित हुने भएको हो । टाटासँगै आरफक्स, बीएआइसी, बीवाइडी, सिट्रोन, डेन्जा, फरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स तथा पारामाउन्ट मोटर्समार्फत एमजी ब्रान्डले पनि आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । चारपाङ्ग्रे सवारीतर्फ निसान, हुन्डाई, महिन्द्रा, आइकार, ओमोडा/जेको, प्रोटोन, केई, किया, लीपमोटर, मेक्सस, गो अटोमोबाइलमार्फत एमजी, होनरी बोमा, प्यूजो, टोयोटा, विलिङ र जिकरजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू पनि एक्स्पोमा सहभागी हुनेछन्।दुईपाङ्ग्रे सवारीसाधनतर्फ एथर, बजाज, सीएफ मोटो, जिहो, ग्यारो, होन्डा, क्यारन, केटीएम, मोर्बिडेली, एनआइयु, प्यूजो एन्ड बेगुस, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभायोलेट, याडिया तथा जेडएक्स मोटोले आफ्ना नयाँ मोडल र प्रविधि प्रदर्शन गर्ने तयारी गरेका छन्। त्यसैगरी, लाइट कमर्सियल सवारी खण्डमा चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थका भ्यानहरू प्रदर्शनीको आकर्षण बन्नेछन्।

    स्टल बाँडफाँड कार्यक्रमलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले दोस्रो संस्करणको एक्स्पोप्रति अटोमोबाइल ब्रान्डहरूको उत्साहजनक सहभागिताले कार्यक्रमको महत्व अझ बढाएको बताइन्। उनले नाइमा मोविलिटी एक्स्पो नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख र व्यापक प्रदर्शनीका रूपमा स्थापित भइसकेको दाबी गरिन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend