images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एसिया बैंकका ग्राहकलाई फिस्टेल र...

एनआईसी एसिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १०% छुट सुविधा

एनआईसी एसिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १०% छुट सुविधा

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले अब लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवामा १० प्रतिशत छुट सुविधा पाउने भएका छन्।बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजबीच भएको समझदारीपत्र अनुसार ग्राहकहरूले खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन् भने आवासीय सेवामा कर्पोरेट दर लागू हुने जनाइएको छ।

    images
    images

    सम्झौतापछि यी लजहरूमा सेवा लिँदा बैंकका ग्राहकहरूले विशेष सहुलियत प्राप्त गर्नेछन्।यो छुट सुविधा उपयोग गर्न ग्राहकहरूले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई थप सहुलियत उपलब्ध गराउने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबार विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend