images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • याडियाले नेपालमा सार्वजनिक गर्‍यो इभी मोटरसाइकल,कति...

याडियाले नेपालमा सार्वजनिक गर्‍यो इभी मोटरसाइकल,कति पर्छ मूल्य ?

याडियाले नेपालमा सार्वजनिक गर्‍यो इभी मोटरसाइकल,कति पर्छ मूल्य ?

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित याडिया कनिसलाई नेपालमा सार्वजनिक गरेको छ ।नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सार्वजनिक गरिएको किनेसले नेपाली बजारमा पर्फर्मेन्स इलेक्ट्रिक मोटरसाइकलको नयाँ अनुभव दिलाएको हो ।कम्पनीका अनुसार, दैनिक आवतजावतका लागि मात्रै केन्द्रित परम्परागत इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनभन्दा फरक याडिया किनेसलाई गति प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको छ ।

    images
    images

    आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरहरुलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको हो । याडिया किनेसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड-ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। यसले तीव्र एक्सेलेरेसन र उत्कृष्ट सड़क प्रदर्शन सुनिश्चित गर्छ।किनेसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यी विशेषताले यसलाई नेपालकै उत्कृष्ट र शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक बनाएको कम्पनीले जनाएको छ ।नेपालका फरक-फरक सडक र उकालो बाटोलाई ध्यानमा राखेर बनाइएको किनेसले २० डिग्रीसम्मको ढलान सजिलै पार गर्न सक्नेगरी बनाइएको यस मोटरसाइकलले कठिन सडकमा पनि सहज र भरपर्दो राइडिङ अनुभव दिने कम्पनीको दाबी छ ।

    किनेसमा ४.६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाएको छ। यसले ब्याट्रीलाई सुरक्षित, भरपर्दो र लामो समयसम्म टिकाउ बनाउँदै सहज र विश्वसनीय राइडिङ अनुभव प्रदान गर्छ ।याडिया किनेसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ, जसले याडियाको उत्कृष्ट डिजाइन र आधुनिक विद्युतीय प्रविधि प्रतिको प्रतिबद्धता देखाउँछ।कार्यक्रमका अवसरमा कुजुका प्रतिनिधिले भने, ‘याडिया किनेस केवल यातायातको साधन होइन, यो शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव हो। हामी आशावादी छौं कि यो कार्यक्रमले नेपालमा इलेक्ट्रिक मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ ।’याडिया किनेस नेपालमा ६ लाख ६० हजार रुपैयाँको मूल्य (एमआरपी) मा उपलब्ध रहेको छ । उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो एक आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।

    images
    images

    यडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाइये ब्रान्ड बनेको याडेआ १५० भन्दा बढी देशमा सक्रिय छ । विश्वभरका करोडौं प्रयोगकर्ताको विश्वास जितेको याडियाले नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य राखेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend