images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • एघार महिनामा आए २५ अर्ब ५६...

एघार महिनामा आए २५ अर्ब ५६ करोडका १० हजार ईभी गाडी

एघार महिनामा आए २५ अर्ब ५६ करोडका १० हजार ईभी गाडी

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । नेपालमा विभिन्न मुलुकबाट चालु आर्थिक वर्ष २०८२–०८३ को जेठसम्ममा १० हजार ८४७ वटा विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार २ वटा अन–एसेम्बल गरिएको गाडीसहित २५ अर्ब ५६ करोड २३ लाख ११ हजार रुपियाँको उक्त ईभी गाडी आएका हुन् । चालु आवको ११ महिनामा विभिन्न भन्सार नाका हुँदै उक्त मूल्य बराबरको गाडी आउँदा सरकारलाई १५ अर्ब ४७ करोड ७० लाख ३ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । कार सेग्मेन्टमा यतिका गाडी भित्रिदा नेपालमा ईभीको बजार मौलाउँदै गएको प्रष्ट हुन्छ ।

    images
    images

    साथै, आर्थिक वर्ष २०८३–०८४ बजेट भाषण अगाडि नै पनि उल्लेख्य संख्यामा गाडी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिना अर्थात् वैशाखसम्ममा कुल यस्ता सवारी ८ हजार ६०७ वटा आएको थिए । योसँग तुलना गर्दा जेठमा मात्रै एक हजार ४७८ वटा गाडी भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ । एकै महिनामा यतिका गाडी बजारमा भित्रिदा बजेटबाट कर बढ्ने अवस्थाको मूल्याङ्कन गर्दै भित्रिएको अनुमान गर्न सकिन्छ । नेपालमा ईभीप्रति आकर्षण र प्रयोगमा रफ्तार देखिँदा आयातमा पनि उल्लेख वृद्धि भएको हो ।चालु आवको जेठसम्म ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी गाडी आएको भन्सार विभागले जानकारी दिएको छ । यस्तै, ५० किलोवाटका ३ सय ६८० वटा, ५१ देखि १०० किलोवाटका ६ हजार ३५७ वटा, १०१ देखि २०० किलोवाटसम्मको ७९८ वटा र २०१ देखि ३०० किलोवाट क्षमतासम्मको १० वटा ईभी गाडी आएका छन् । 

    ५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यस्तै, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । जेठसम्ममा मात्रै १ अर्ब ८ करोड  ८६ लाख ३१  हजार रुपियाँको ८ हजार ५३४ वटा तीन पाङ्ग्रे ईभी भित्रिएको तथ्याङ्कमा उल्लेख छ । अन–एसेम्बल ९९ करोड ४० लाख ९२ हजार रुपियाँको तीन पाङ्ग्रे ९ हजार ५४२ वटा भित्रिएका छन् । पेट्रोल डिजेलको तुलनामा बिजुली सस्तोमा उपलब्ध हुँदा पनि बिजुली गाडीको नेपालमा लोकप्रियता बढ्दै गएको हो ।नेपालमा ईभी प्रयोगको बढ्दो क्रममा कार सेग्मेन्टमा मा नभई हरेक सेग्मेन्टका सवारीको आयातमा ईभीको वर्चस्व देखिन्छ । प्रयोगकर्ताको रोजाइ र ईभीलाई लिएर बढ्दै गएको विश्वासले आयात उच्च भएको छ ।  पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ईभी प्रतिको आकर्षणलाई थप बढाइरहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend