images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीलाई...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ ।असार १२ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हलचोकमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई उक्त सामग्रीहरू हस्तान्तरण गरे ।उक्त अवसरमा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरूका साथै कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईं र बालाजु शाखा प्रमुख मदन खतिवडाको समेत उपस्थिति रहेको थियो ।

    images
    images

    कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले विपद्को समयमा जनधनको सुरक्षाका लागि यस्ता सामग्रीहरू अत्यन्त उपयोगी हुने बताउनुभयो । सहयोग स्वरूप प्राप्त सामग्रीले उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।त्यसैगरी, कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले विपद्पछिको उद्धारमा मात्र नभई पूर्व तयारीलाई समेत सशक्त बनाउने उद्देश्यले यी सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिए । आपतकालीन जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउनु कम्पनीको सामाजिक दायित्व रहेको उनको भनाइ थियो ।

    हाल सन नेपाल लाइफले देशभरका १५० भन्दा बढी शाखा तथा उप-शाखा कार्यालयहरू मार्फत उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको यस कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता लोककल्याणकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend