images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • आइक्यानद्वारा ‘सिएफओ कन्फेरेन्स २०२६’ सम्पन्न, वित्तीय...

आइक्यानद्वारा ‘सिएफओ कन्फेरेन्स २०२६’ सम्पन्न, वित्तीय नेतृत्वको भविष्यबारे व्यापक छलफल

आइक्यानद्वारा ‘सिएफओ कन्फेरेन्स २०२६’ सम्पन्न, वित्तीय नेतृत्वको भविष्यबारे व्यापक छलफल

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको ‘सिएफओ कन्फेरेन्स २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘Leading Beyond Finance, Shaping the Future’ मूल नारासहित आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका प्रमुख वित्त अधिकृत (CFO), उद्योगी–व्यवसायी, नीतिनिर्माता, वित्तीय विज्ञ, चार्टर्ड एकाउन्टेन्ट तथा पेशागत प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    images
    images

    सम्मेलनमा बदलिँदो आर्थिक परिवेशमा वित्तीय नेतृत्वको भूमिका, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन तथा दिगो व्यवसाय विकासका विषयमा विस्तृत छलफल भएको थियो। वक्ताहरूले तथ्यमा आधारित निर्णय, प्रविधिको प्रभावकारी प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल गर्दै वित्तीय नेतृत्वलाई अझ सक्षम बनाउनुपर्नेमा जोड दिएका थिए।

    आइक्यानका अध्यक्ष सिए निलबहादुर सारुमगरले नेपालको आर्थिक विकासमा प्रमुख वित्त अधिकृतका रूपमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सबै कार्यक्रम सञ्चालन गर्न आइक्यान प्रतिबद्ध रहेको बताए।

    images
    images

    कार्यक्रममा सिए रत्नराज बज्राचार्यले आफ्नो व्यावसायिक अनुभव साझा गर्दै बदलिँदो समयअनुसार चार्टर्ड एकाउन्टेन्टहरूले आफूलाई निरन्तर परिष्कृत र अद्यावधिक गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।

    त्यसैगरी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अहिले सीएफओको भूमिका परम्परागत लेखा व्यवस्थापनमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनीहरू प्राविधिक रूपमा दक्ष र रणनीतिक नेतृत्व दिन सक्षम हुनुपर्ने बताए। प्रत्येक सीएफओले संस्थाको समग्र विकास र दीर्घकालीन रणनीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

    सम्मेलनअन्तर्गत ‘Building the Financial Infrastructure: CFO at the Crossroads Bridging the Gaps’ विषयमा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो, जहाँ वित्तीय पूर्वाधार सुदृढीकरण, नेतृत्व विकास र भविष्यका चुनौतीबारे विचार आदानप्रदान गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend