images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • इन्धन सस्तो भएसँगै सार्वजनिक यातायात भाडा...

इन्धन सस्तो भएसँगै सार्वजनिक यातायात भाडा २ प्रतिशत घट्यो

इन्धन सस्तो भएसँगै सार्वजनिक यातायात भाडा २ प्रतिशत घट्यो

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । इन्धनको मूल्य घटेसँगै सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ।

    images
    images

    पूर्वाधार विकास मन्त्रालयका अनुसार साविकको तुलनामा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर २ प्रतिशतले कटौती गर्ने निर्णय गरिएको हो।

    मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार इन्धनको मूल्य घटेपछि अन्तरप्रदेशगत लामो दूरीका सार्वजनिक सवारीसाधनमा नयाँ भाडादर लागू गरिएको छ।

    images
    images

    यातायात व्यवस्था विभागले पनि इन्धनको मूल्यमा आएको गिरावटलाई आधार बनाएर सार्वजनिक यातायातको भाडा समायोजन गरिएको जनाएको छ।

    यसअघि २०८३ वैशाख १२ गते इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको थियो।

    गत बुधबार नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको थियो। सोही मूल्य समायोजनपछि सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाउने निर्णय गरेको हो।

    सरकारको यो निर्णयसँगै विशेषगरी अन्तरप्रदेश लामो दूरीका यात्रुहरूले यात्रामा केही राहत पाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend