images

२०८३ आश्विन २ गते

images
images
images

नाइमा एक्स्पो साउन २६ देखि भृकुटीमण्डपमा

नाइमा एक्स्पो साउन २६ देखि भृकुटीमण्डपमा

images
images
मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं  ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रीतु सिंह वैद्यले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यसलाई नेपालको सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताइन्। उनका अनुसार प्रदर्शनीलाई केवल सवारी प्रदर्शनमा सीमित नराखी आधुनिक, दिगो र सर्वसुलभ यातायात प्रणाली प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ।

    images
    images

    एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधन गरी ४९ ब्रान्ड सहभागी हुनेछन्। पारदर्शी चिठ्ठा प्रक्रियामार्फत ४९ वटा स्टल बाँडफाँट गरिएको आयोजकले जनाएको छ। तीमध्ये २६ वटा स्टल चारपांग्रे सवारी ब्रान्डका लागि र २३ वटा स्टल दुईपांग्रे तथा व्यावसायिक सवारी ब्रान्डका लागि छुट्याइएको छ।नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाका अनुसार टाटा, किया, डेन्जा, आमोडा, एमजीलगायतका चर्चित ब्रान्डले प्रदर्शनीमा सहभागिता जनाउनेछन्। आयोजकका अनुसार एक्स्पोमा अत्याधुनिक सवारीसाधन, नवीन मोबिलिटी समाधान, नयाँ प्रविधि तथा नवप्रवर्तन प्रदर्शन गरिनेछ। साथै नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रम, अत्याधुनिक प्रविधिको प्रदर्शन र विभिन्न ज्ञानमूलक सत्रसमेत आयोजना गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend