images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • दिगो बैंकिङ प्रवर्द्धन गर्न कुमारी बैंक...

दिगो बैंकिङ प्रवर्द्धन गर्न कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धन गर्न कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन (DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ।

    images
    images

    जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको एसियाली क्षेत्रीय कार्यक्रमअन्तर्गत वित्तीय क्षेत्रको सामाजिक तथा वातावरणीय रूपान्तरणलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित उक्त साझेदारी गरिएको बैंकले जनाएको छ।

    सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन्।

    images
    images

    सम्झौताअनुसार दिगो बैंकिङलाई संस्थागत तथा विस्तार गर्न परियोजना दुई चरणमा कार्यान्वयन गरिनेछ। यसअन्तर्गत हरित बैंकिङ अभ्यास, वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन र दिगो वित्तीय सेवाको विकासमा विशेष जोड दिइनेछ।

    कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो सम्झौता बैंकका लागि दिगो बैंकिङ अभ्यासलाई थप परिपक्व बनाउने महत्वपूर्ण कदम भएको बताए। नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी र अन्तर्राष्ट्रिय अनुभवको आधारमा बैंकिङ अभ्यासलाई परिमार्जन गर्दै हरित वित्त, न्यून कार्बन उत्सर्जन तथा दिगो उद्यमशीलता प्रवर्द्धनमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

    सम्झौताअनुसार डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले ESG Risk Radar र Sustainable Finance Compass लगायतका प्राविधिक उपकरण उपलब्ध गराउनेछ। साथै, ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यम (SMEs) को क्षमता अभिवृद्धिका लागि DISK Business Game कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

    कुमारी बैंकले हाल देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ तथा १,१०० भन्दा बढी पीओएस टर्मिनल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    बैंकका अनुसार यस रणनीतिक सहकार्यले नेपालको दिगो आर्थिक विकास, हरित वित्त प्रवर्द्धन तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend