images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • केबलकार बन्दको असर, चन्द्रागिरी हिल्सको ९...

केबलकार बन्दको असर, चन्द्रागिरी हिल्सको ९ महिनामा ४५.६० करोड आम्दानी,

केबलकार बन्दको असर, चन्द्रागिरी हिल्सको ९ महिनामा ४५.६० करोड आम्दानी,

९० लाख रुपैयाँ नोक्सानी

images
images
बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण करिब तीन महिना केबलकार सेवा बन्द हुँदा कम्पनीको वित्तीय प्रदर्शन प्रभावित भएको हो।

    images
    images

    कम्पनीका अनुसार आन्दोलनका कारण केबलकार सेवा अवरुद्ध भएपछि व्यवसायमा प्रत्यक्ष असर परेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा ९० करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य रूपमा कम आम्दानी गरेको हो। आर्थिक वर्ष २०८०।८१ मा कम्पनीको आम्दानी १ अर्ब रुपैयाँ पुगेको थियो।

    व्यवसाय अवरुद्ध र संरचना पुनर्निर्माणमा समय लागेकाले कम्पनी चालु आर्थिक वर्षको नौ महिनामा ९० लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ। गत आर्थिक वर्ष कम्पनीले १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    केबलकार सेवा बन्द हुँदा कम्पनीको रिसोर्ट व्यवसाय पनि प्रभावित भएको छ। अघिल्लो वर्ष ३६ प्रतिशत रहेको रिसोर्टको कोठा उपयोग दर (अकुपेन्सी)घटेर यस अवधिमा २२ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ।

    यद्यपि, कम्पनीको वित्तीय जोखिममा सुधार देखिएको छ। इक्रा नेपालले चन्द्रागिरी हिल्सको जारीकर्ता रेटिङमा पुनः पुष्टि गर्दै यसअघि राखिएको नकारात्मक निगरानी सूचीबाट कम्पनीलाई हटाएको छ। केबलकार सेवा पुनः सञ्चालनमा आउनु र ऋण व्यवस्थापनमा सुधार हुनु सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ। हाल कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कायम छ।

    वित्तीय दायित्व घटाउन कम्पनीले शतप्रतिशत (१ः१) हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। हकप्रदबाट प्राप्त हुने रकम मुख्य रूपमा बैंक ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीको योजना छ, जसले पूँजीगत संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

    सन् २००९ मा स्थापना भएको चन्द्रागिरी हिल्समा आईएमई समूहको प्रमुख लगानी रहेको छ। कम्पनीका सबैभन्दा ठूलो सेयरधनी हेमराज ढकालको १९।२ प्रतिशत हिस्सा रहेको छ भने चन्द्रप्रसाद ढकाल, उत्तमकुमार नेपाल, अम्बिका प्रसाद पौडेल तथा भाटभटेनी सुपरमार्केट लगायतका लगानीकर्ताको पनि उल्लेख्य लगानी रहेको छ। कम्पनीले पछिल्लो समय केबलकार सेवासँगै रिसोर्ट तथा साहसिक पर्यटन सेवाको विस्तारमा समेत जोड दिँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend