images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • मौद्रिक नीतिको स्वागत गर्दै डेरी एसोसिएसनको...

मौद्रिक नीतिको स्वागत गर्दै डेरी एसोसिएसनको आग्रह

मौद्रिक नीतिको स्वागत गर्दै डेरी एसोसिएसनको आग्रह

कार्यान्वयनमा जोड

images
images
शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं, २६ असार । नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिको स्वागत गर्दै त्यसमा समेटिएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

    images
    images

    एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी विज्ञप्तिमा कृषि, पशुपालन, डेरी तथा कृषि आधारित उद्योगलाई प्राथमिकतामा राखी उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना तथा मझौला उद्यमलाई कर्जा विस्तार, कृषि मूल्य शृङ्खला, खाद्य प्रशोधन, चिस्यान केन्द्र (कोल्ड स्टोर), भण्डारण पूर्वाधार तथा आयात प्रतिस्थापनमुखी उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था सकारात्मक रहेको उल्लेख गरिएको छ।

    एसोसिएसनले डेरी क्षेत्र देशको कृषि अर्थतन्त्र, खाद्य सुरक्षा, ग्रामीण रोजगारी तथा लाखौं किसान परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, डेरी उद्योगमा लगानी प्रोत्साहन, पुनर्तालिकीकरण तथा पुनःसमायोजनको व्यवस्था, डिजिटल वित्तीय पहुँच विस्तार र हरित लगानीलाई प्राथमिकता दिइनु स्वागतयोग्य कदम भएको जनाएको छ।

    images
    images

    यद्यपि, मौद्रिक नीतिका व्यवस्थाहरू व्यवहारमा प्रभावकारी रूपमा लागू हुनुपर्नेमा एसोसिएसनले जोड दिएको छ। हाल डेरी उद्योगले कच्चा दूध उत्पादनमा कमी, उत्पादन लागतमा वृद्धि, बजार संकुचन, कार्यशील पुँजीको अभाव तथा बैंकिङ कर्जाको बढ्दो भार जस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै डेरी उद्योगलाई उत्पादनशील तथा अत्यावश्यक उद्योगका रूपमा विशेष प्राथमिकता दिनुपर्ने माग गरेको छ।

    एसोसिएसनले सहुलियतपूर्ण ब्याजदरमा कर्जा, कार्यशील पुँजीको सहज उपलब्धता, पुनर्कर्जा तथा कर्जा पुनर्संरचनाको प्रभावकारी कार्यान्वयन गर्न पनि नेपाल राष्ट्र बैंक र सरकारसँग आग्रह गरेको छ।

    विज्ञप्तिमा नेपाल डेरी एसोसिएसनले सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै स्वदेशी दुग्ध उद्योगको संरक्षण र प्रवर्द्धन, किसानको आय वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निरन्तर योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    NDA.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend