images

२०८३ आश्विन २ गते

images
images
images

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी

images
images
सोमवार, आषाढ २९ २०८३
सोमवार, आषाढ २९ २०८३
  • इनरुवा(सुनसरी), २९ असार । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएका छन् ।

    images
    images

    आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिएका छन् । अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरेका छन्, भने काफ्लेले ७४३ मत प्राप्त गरेका उनले जानकारी दिएका छन् ।

    त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भए । 
     
    महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भए । उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना  र किसनकुमार खेडिया निर्वाचित भएका छन् । दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend