images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • प्रोटोन ई.मास ५ को बुकिङ खुला,...

प्रोटोन ई.मास ५ को बुकिङ खुला, पूर्वानुमान गरेकै मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन ई.मास ५ को बुकिङ खुला, पूर्वानुमान गरेकै मूल्यमा गाडी खरिद गर्न सक्ने

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन ई.मास ५ को बुकिङ खुला गरेको छ भने आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै ‘गेस एंड बुक द अल न्यु ई.मास ५ एट योर प्राइस’नामक विशेष योजना सुरू गरेको छ ।

    images
    images

    कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन ई.मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् । कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइटमा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन् । मूल्य अनुमानका लागि ‘इ.मास ५ प्राइम’ भेरियन्टको दायरा रू. २९.९९ लाख देखि रू. ३४.९९ लाख सम्म तोकिएको छ भने ‘प्रिमियम’ भेरियन्टको दायरा रू. ३४.९९ लाख देखि रू. ३९.९९ लाख सम्म निर्धारण गरिएको छ ।

    कम्पनीले उल्लेख गरे अनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्ट बाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिनेछ । विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउनेछन् ।यसैबीच जगदम्बा मोटर्सले रू. १ लाख बुकिङ रकम तोकेर प्रोटोन इ.मास ५ को बुकिङ समेत खुला गरेको छ । ग्राहकहरूले बैंक अथवा अनलाइन मार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाई आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ अथवा सोहि साईटमा गएर भौचर आप्लोड गरि बुक गर्न सक्ने छन्। सो साईटमा गएर बूकिंग गरेका ग्राहकको बूकिंगलाई आधार मानेर लकि ग्राहक छानिने छन्।

    images
    images

    प्रोटोन र जिलीको सहकार्यमा विकास र उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधी हासिल गरेको थियो ।कम्पनीका अनुसार इ.मास ५ नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर-ह्विल-ड्राइभ’भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ । यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषताहरू समावेश रहने कम्पनीले उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend