images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति...

नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव

नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ  ।  नेपालमा हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि सरकारले आवश्यक तयारी थालेको छ । पूर्वाधार विकास मन्त्रालयले हाइड्रोजन गाडीको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि आवश्यक नीति, कानुन र मापदण्ड तय गर्न सरोकारवालाहरूसँग सुझाव मागेको हो ।

    images
    images

    मन्त्रालयले एक सूचना जारी गर्दै विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बद्ध पक्षलाई लिखित सुझाव दिन आह्वान गरेको छ । सरोकारवालाले आफ्नो अध्ययन, अनुसन्धान र अभ्यासका आधारमा आगामी साउन २० गतेसम्म मन्त्रालयको इमेल info@mopit.gov.np वा ybs@mopit.gov.np मार्फत सुझाव पठाउन सक्नेछन् ।प्राप्त सुझावलाई मन्त्रालयले नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्न उपयोग गर्नेछ । विशेषगरी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड र जनशक्ति विकासका विषयमा केन्द्रित रहेर सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend