images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’...

प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?

प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं ।  नेपाली बजारमा प्रोटोन ईमास ५ सार्वजनिक भएको छ । नेपालका लागि  प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमवार प्रोटोन ईमास ५ सार्वजनिक गरेको हो । ईमास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा सार्वजनिक गरेको हो । दुवैको बाह्य डिजाइन, इन्टेरियर लेआउट र आधारभूत फिचर उस्तै भए पनि ब्याट्री क्षमता, रेन्ज र पर्फर्मेन्समा भने स्पष्ट भिन्नता रहेको कम्पनीले जनाएको छ ।कम्पनीले प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने जनाएको छ । त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै तोकेको छ । 

    images
    images

    प्राइम भेरियन्ट पहिलोपटक ईभी किन्न चाहनेका लागि सुलभ र व्यावहारिक विकल्पको रूपमा ल्याइएको हो । यसमा ३०.१२ किलोवाट(घण्टाको ब्याट्री जडान गरिएको छ, जसले डब्लुएलटीपी मापदण्ड अनुसार सिंगल चार्जमा २२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा ५८ किलोवाट क्षमताको मोटर छ भने चार्जिङका लागि ६.६ किलोवाट एसी र ५३ किलोवाट डीसी सपोर्ट गर्छ । यो गाडीले शून्यबाट ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ४।४ सेकेन्डमा लिन सक्छ। लामो दूरीका यात्राका लागि उपयुक्त मानिने प्रिमियम भेरियन्टमा भने ४०.१६ किलोवाट(घण्टाको ब्याट्री राखिएको छ । जसले सिंगल चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ । यसमा ८५ किलोवाटको बलियो मोटर जडान गरिएको छ, जसका कारण यो गाडीले शून्यबाट ५० किमी प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन सक्छ ।चार्जिङका हिसाबले प्रिमियम भेरियन्टले ७१ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसका कारण ३० देखि ८० प्रतिशतसम्मको ब्याट्री जम्मा २०–२१ मिनेटमै चार्ज गर्न सकिन्छ ।

    आकारका हिसाबले दुवै भेरियन्टको लम्बाइ ४ हजार १३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर र उचाइ १,५८० मिलिमिटर रहेको छ । जबकि ह्विलबेस २,६५० मिलिमिटर छ ।फिचरका हिसाबले दुवै भेरियन्टमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा प्रणाली समावेश रहेको कम्पनीको भनाइ छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend