images

२०८३ आश्विन २ गते

images
images
images

ऋण सम्झौतामा हस्ताक्षर

ऋण सम्झौतामा हस्ताक्षर

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ, १३ साउन । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन नौ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्कले रु एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ ।

    images
    images

    आयोजना प्रवद्र्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैङ्कबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैङ्कका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैङ्किङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए । 

    कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ भएर बहने खिम्ती–घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

    images
    images

    आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषद्बाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँचमार्ग, गोदाम, आवासगृह निर्माणलगायत पूर्वतयारीको काम सम्पन्न भइसकेको छ । 

    यस्तै, सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    कुल रु एक अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनामा रु एक अर्ब २४ करोड बैङ्क ऋणबाट व्यवस्थापन गरिनेछ । बाँकी रु ५६ करोड स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये रु ३५ करोड जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए । 

    कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तरराष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend