images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको २ लाख ५८ हजार...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको हो ।बिक्रीमा राखिएको सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

    images
    images

    सेयरको बिक्री मूल्य भने सम्बन्धित बिक्रेता सेयरधनीहरूले निर्धारण गरेबमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार संस्थापक सेयरधनीभन्दा बाहिरका व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।यसअघि पनि बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि सूचना जारी गर्दै आएको छ । संस्थापक सेयरको स्वामित्व हस्तान्तरण गर्दा बैंक तथा नियामक निकायको प्रचलित व्यवस्था पालना गर्नुपर्ने हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend