वीरगन्ज (पर्सा), १७ साउन । पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ ।
यहाँ आयोजित एक कार्यक्रमबीच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उदुघाटन गरेका छन्। उनले नवनिर्मित वडा कार्यालय र स्वास्थ्यचौकी भवनले सेवा प्रवाहमा सहज हुने बताएका छन्। आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताएका छन्।
वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिकास्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन र प्रदेशको योजनाअन्तर्गत स्वास्थ्यचौकी भवन निर्माण भएको बताएका छन्। ती भवन रु एक करोड १० लाखको लागतमा निर्माण भएका हुन् । वडाध्यक्ष मिश्राले वडा कार्यालयसँगै निर्माण भएको स्वास्थ्यचौकी भवनले एउटै ठाउँबाट वडावासीले सेवा पाउन सहज हुने बताएका छन्।




.gif)



