images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका छन् भने ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भएको छ ।यहाँस्थित हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटरमध्ये ३४७ दशमलव ६३ किलोमिटरमा कालोपत्र भएको छ । धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । कालोपत्र गर्न बाँकी ५८ दशमलव ८ किलोमिटर सडकमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भएको छ ।

    images
    images

    चालु आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले बताए । सिरहामा २९ दशमलव ९८, महोत्तरीमा ९१ दशमलव ५६,सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर निर्माण भएको छ । निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग एक हजार ७९२ किलोमिटर लामो हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend