images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • मर्स्याङ्दीमाथि पुल बनेपछि नार्पाभूमि सडक सञ्जालसँग...

मर्स्याङ्दीमाथि पुल बनेपछि नार्पाभूमि सडक सञ्जालसँग जोडिने आधार

मर्स्याङ्दीमाथि पुल बनेपछि नार्पाभूमि सडक सञ्जालसँग जोडिने आधार

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • पोखरा । गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ पालिका थिए । गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि । गाउँपालिकाको केन्द्रसम्म अझै सडक पुगिसकेको छैन । तर, चुमनुब्री पालिकामा भने सडक पुगिसकेको छ । नार्पाभूमिमा पनि सडक लैजान पालिकाले भरमग्दुर प्रयास गरिरहेको छ । गण्डकी सरकार गठन भएकै दिन यी दुई पालिकाको केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्य राखिएको थियो ।पर्याप्त बजेट नदिँदा प्रदेश सरकारको प्रयास सफल भएको छैन । तर, पालिकाले आफ्नो मेहनत छोडेन । अहिले नार्पाभूमि जाने बाटोमा पर्ने मर्स्याङ्दी नदीमाथि पुल निर्माण गरिएको छ । सदरमुकाम नजिकै रहेको कोतोमा पुलन बनेपछि अब नार्पाभूमिको सीमाना नजिकसम्म मोटरबाटो पुगेको छ । गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले सोमबार पुलको उद्घाटन गरे ।

    images
    images

    पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि विभिन्न निकायसँग पहल गर्दै आएको थियो । नार्पा भूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा पुल निर्माण गरिएको हो । सम्झौताको ७ महिनामै पुल तयार गरिएको निर्माण कम्पनीले जनाएको छ । करिब ६ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको पुलको  लम्बाइ ५४.५ मिटर तथा चौडाइ ४ मिटर रहेको छ । पुल ५५ टन भारवहन क्षमताको छ ।वर्षौँदेखि मर्स्याङ्दी वारपार गर्न स्थानीयवासीले पैदल यात्रा, अस्थायी साधन तथा जोखिमपूर्ण बाटोको भर पर्नुपर्ने अवस्था थियो । विशेषगरी वर्षायाममा आवतजावत जोखिमपूर्ण बनेको थियो । पुल सञ्चालनमा आएपछि अब गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने पालिका अध्यक्ष लामाले सुनाए । ‘यो हामी सबैको सपना हो । आज सपनाको एक सिँढी चढेका छौँ,’ उनले भने, ‘अब सडक निर्माणमा धमाधम काम गर्छौँ । छिटै केन्द्रसम्म मोटरबाटो पुग्छ भन्ने विश्वास छ ।’

    पालिकाले आफ्नै बजेटमा विभिन्न खण्डबाट सडक निर्माणको काम पनि गरिरहेको छ । सडक बनाउनकै लागि आफ्नै डोजर खरिद गरिएको छ । पुल सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न, औषधि तथा अत्यावश्यक वस्तुको ढुवानी सहज हुने विश्वास छ । नार र फु गाउँ राजा महेन्द्रले सबैभन्दा पछि पत्ता लगाएका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend