काठमाडौं । सहरी पूर्वाधार, ड्रेनेज तथा ठूला निर्माण आयोजनाका लागि उपयुक्त समाधानका रूपमा नेपाटप (Nepatop) ले डबल वाल करुगेटेड (DWC) पाइप बजारमा उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित यी पाइपहरू सहरी ढल व्यवस्थापन, वर्षाको पानी निकास तथा विभिन्न पूर्वाधार आयोजनामा प्रयोग गर्न मिल्ने गरी उत्पादन गरिएको हो।
कम्पनीका अनुसार नेपाटप DWC पाइप जर्मन प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत निर्माण गरिएका छन्। उच्च प्रवाह क्षमता, रासायनिक पदार्थ तथा खियाप्रति प्रतिरोधी गुण, हल्का तौल तथा सहज जडान प्रणालीका कारण यी पाइपहरू निर्माण क्षेत्रमा प्रभावकारी विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।
नेपाटपले DWC पाइपहरू नेपाल मानक (NS 595) अनुरूप उत्पादन गरिएको जनाएको छ। कम्पनीका अनुसार पाइपहरू भूमिगत ड्रेनेज, ढल व्यवस्थापन, वर्षाको पानी निकास तथा अन्य पूर्वाधार परियोजनाका लागि उपयुक्त छन्। बाहिरी भागको करुगेटेड संरचनाले उच्च भार सहन सक्ने क्षमता प्रदान गर्ने तथा भित्री सतह चिल्लो भएकाले पानी र फोहोरको बहाव सहज हुने कम्पनीले जनाएको छ।
निर्माण क्षेत्रमा दिगो, भरपर्दो तथा कम मर्मत आवश्यक पर्ने पाइप प्रणालीको माग बढिरहेका बेला यस्ता आधुनिक DWC पाइपले सहरी पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।




.gif)





