images

२०८३ आश्विन २ गते

images
images
images

याडियाकाे ३ वटा नयाँ स्कुटर सार्वजनिक

याडियाकाे ३ वटा नयाँ स्कुटर सार्वजनिक

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ पुस्ताका याडिया ३ माेडलका विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले​​​​​​ GS70, GT70 र GT80 माेडलका विद्युतीय स्कुटर सार्वजनिक गरेको हाे।कम्पनीका अनुसार यी स्कुटरमा लामो रेन्ज, स्मार्ट प्रविधि तथा उन्नत सुरक्षा सुविधाहरू उपलब्ध छन्।

    images
    images

    याडिया GS70

    याडिया GS70 मा २.१ किलोवाट आवरको एलएफपी ब्याट्री तथा २.८ किलोवाटको पीक मोटर जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

    images
    images

    याडिया GT70

    याडिया GT70 मा ५.७ किलोवाट आवरको डुअल एलएफपी ब्याट्री प्रणाली रहेको छ। यसमा ३.६ किलोवाट आवरको फिक्स्ड र २.१ किलोवाट आवरको रिमुभेबल ब्याट्री समावेश छन्।यसमा ३.७ किलोवाटको पीक मोटर रहेको छ भने एकपटकको चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ। रिमुभेबल ब्याट्रीका कारण चार्जिङलाई थप सहज र लचिलो बनाउन सकिने कम्पनीले जनाएको छ।

    याडिया GT80

    याडियाको प्रिमियम सेग्मेन्टअन्तर्गतको GT80 मा ३.६ किलोवाट आवरको लिथियम ब्याट्री र ५ किलोवाटको पीक मोटर रहेको छ। यसको उच्च गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ भने एकपटकको चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी GT80 विकास गरिएको कम्पनीको भनाइ छ।

    स्मार्ट प्रविधि र सुरक्षा

    नयाँ याडिया सिरिजमा ब्लुटुथ कनेक्टिभिटी, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप कनेक्टिभिटी, पाँचजनासम्म प्रयोग गर्न सकिने फ्यामिली सेयरिङ सुविधा तथा स्मार्ट कीलेस प्रणाली उपलब्ध छन्।सुरक्षाका लागि तीनै मोडेलमा ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल र डुअल डिस्क ब्रेकिङ सिस्टम समावेश गरिएको छ।कम्पनीका अनुसार यी प्रविधिले विभिन्न सडक तथा भौगोलिक अवस्थाहरूमा स्थिरता, नियन्त्रण र सुरक्षित राइडिङ अनुभव प्रदान गर्नेछन्।

    ३ वर्ष वा ५० हजार किलोमिटर ब्याट्री वारेन्टी

    याडियाले आफ्नो ब्याट्री प्रविधि तथा उत्पादन गुणस्तरप्रति विश्वास व्यक्त गर्दै नयाँ GS70, GT70 र GT80 मा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको जनाएको छ।

    २० वटा डिलरशिपबाट उपलब्ध

    नयाँ GS70, GT70 र GT80 नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरशिपमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। आगामी दिनमा देशभर डिलर तथा सेवा सञ्जाल थप विस्तार गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ।लन्चको अवसरमा कुजु नेपालले नाइमा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडेलमा १० हजार रुपैयाँको विशेष छुट उपलब्ध गराएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend