images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • कर्जा विस्तारसँगै हुलास फिनसर्भको नाफा ८४...

कर्जा विस्तारसँगै हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढेर ३९ करोड ८७ लाख रुपैयाँ

कर्जा विस्तारसँगै हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढेर ३९ करोड ८७ लाख रुपैयाँ

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख रुपैयाँको तुलनामा ८४.४९ प्रतिशत बढी हो। कम्पनीले चुनौतीपूर्ण आर्थिक वातावरणकाबीच उल्लेखनीय वित्तीय वृद्धि हासिल गरेको जनाएको छ । समीक्षा अवधिमा कम्पनीको कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले विस्तार भएको छ । जसको प्रमुख आधार अटोमोबाइल कर्जा व्यवसाय रहेको बताइएको छ ।

    images
    images

    निजी क्षेत्रतर्फको कर्जा विस्तार करिब ५.७ प्रतिशतमा सीमित रहेको अवस्थामा कम्पनीले बजारको औसतभन्दा निकै उच्च वृद्धि हासिल गरेको दाबी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ। यस्तै, फि तथा कमिसन आम्दानी पनि ४६ करोड १६ लाख रुपैयाँबाट बढेर ५६ करोड ६ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानी तथा शुल्क–कमिसन आम्दानीमा भएको वृद्धिले नाफा सुधारमा टेवा पुगेको कम्पनीले जनाएको छ। कम्पनीले सम्भावित जोखिम व्यवस्थापनका लागि ५ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जसमेत छुट्याएको छ।

    कम्पनीको सम्पत्ति गुणस्तरमा समेत सुधार देखिएको छ । एनपीएल अनुपात अघिल्लो वर्षको ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ । कम्पनीले कडा कर्जा मूल्यांकन प्रणाली, प्रारम्भिक जोखिम पहिचान तथा प्रभावकारी असुली प्रक्रियाका कारण खराब कर्जा घटाउन सफल भएको जनाएको छ। ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा तथा सञ्चित नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ। कम्पनीले ९ अर्ब २७ करोड रुपैयाँ सापटी लिएर १२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।यसको गियरिङ अनुपात करिब ४.९२ गुणा रहेको छ । जुन नियामकीय सीमाभन्दा निकै कम हो। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ४६ पैसा पुगेको छ। कम्पनीले आगामी दिनमा पनि कर्जा गुणस्तर सुधार, असुली प्रणाली सुदृढीकरण तथा सन्तुलित कर्जा विस्तारमार्फत दिगो वृद्धि कायम राख्ने रणनीति लिएको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend