images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • रिलायन्स स्पिनिङ्ग मिल्सको साधारण सभा कात्तिक...

रिलायन्स स्पिनिङ्ग मिल्सको साधारण सभा कात्तिक २९ गते बस्दै

रिलायन्स स्पिनिङ्ग मिल्सको साधारण सभा कात्तिक २९ गते बस्दै

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले कात्तिक २९ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय अमिर भवन, कमलादी, काठमाडौंमा गर्ने निर्णय गरेको छ । 

    images
    images

    वार्षिक साधारण सभा सम्बन्धित सूचनामा कम्पनीले साधारण सभा हुने समय भने उल्लेख गरेको छैन् । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    सञ्चालक समितिको अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । सभाको विशेष प्रस्तावमा भने कम्पनी ऐनको दफा १०५ उपदफा १ को ग कार्यान्वयन गर्ने उल्लेख छ । उक्त दफाको उपदफामा कम्पनीको कर्मचारी वा आफ्नो वर्गमा एक लाख रुपैयाँ वा कम्पनीको विगत तीन आर्थिक वर्षको सरदर खुद मुनाफाको एक प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ , सो रकमभन्दा बढी रकमको चन्दा , अनुदान वा दान दिन उल्लेख छ । 

    images
    images

    यस कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेपनि मूल्य उच्च भएको विरोधपछि हाल स्थगित अवस्थामा रहेको छ । सरकारको निर्देशनमानै कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डले स्थगित गरेको हो । यस कम्पनीले सर्वसाधाणमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आईपीओ विक्री गर्न बोर्डबाटै अनुमति प्राप्त गरेको थियो । सर्वसाधारणतर्फको शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर गत असार २७ गतेदेखि विक्री गर्न मिति तय भएपनि बोर्डको निर्देशनमै हाललाई निष्कासन स्थगित भएको हो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend