images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • बीवाईडीले सुरु गर्‍यो ‘अपडेट टु केयर...

बीवाईडीले सुरु गर्‍यो ‘अपडेट टु केयर प्लस’ अभियान, पुराना ग्राहकलाई एप कनेक्टिभिटी निःशुल्क

बीवाईडीले सुरु गर्‍यो ‘अपडेट टु केयर प्लस’ अभियान, पुराना ग्राहकलाई एप कनेक्टिभिटी निःशुल्क

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट भेइकल कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई थप सहज बनाउने उद्देश्यले सुरु गरिएको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ ।साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा सोमबार आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो । अभियान नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको हो । नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

    images
    images

    अभियानअन्तर्गत सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा उपलब्ध नभएका योग्य सवारीसाधनमा बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन निःशुल्क उपलब्ध गराइनेछ । त्यस्ता ग्राहकले ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत पाउनेछन् ।कम्पनीले अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा मुख्य पक्षमा विभाजन गरेको छ ।‘केयर प्लस’ अन्तर्गत आधिकारिक सर्भिस प्रणालीमार्फत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा प्रमाणित प्राविधिकबाट सर्भिस उपलब्ध गराइनेछ ।‘कनेक्ट प्लस’ अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा उपलब्ध हुनेछ । यसका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ ।

    त्यस्तै, ‘प्रोटेक्ट प्लस’ अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ । यसमा १० वर्षसम्मको विस्तारित वारेन्टीसम्बन्धी सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।दुर्घटना भएको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरणसमेत गरिनेछ । यसका लागि बीवाईडी नेपालका बीमा साझेदार शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन् ।अभियानअन्तर्गत योग्य ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि उपलब्ध गराइनेछ ।साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारीसाधन डेलिभरीपछि सुरु हुने बताए ।‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियानमार्फत प्रोफेसनल सर्भिस, स्मार्ट कनेक्टिभिटी र व्यापक स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरमा उपलब्ध गराइएको उनले बताए ।

    images
    images

    अभियानका लागि साइमेक्सले एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स र शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ ।कम्पनीका अनुसार बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोड गरी १३ स्थानमा रहेको छ ।ग्राहकलाई थप सहज र पहुँचयोग्य सर्भिस सुविधा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना कम्पनीले जनाएको छ ।कम्पनीले बिक्रीपछिको सेवा, कनेक्टेड प्रविधि तथा स्वामित्व अवधिभरको सुरक्षालाई एकीकृत गर्दै विद्युतीय सवारीसाधनको बिक्रीपछिको सेवा प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend