images

२०८३ आश्विन २ गते

images
images
images

फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • भोजपुर, २६ साउन । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा मोटरेबल बेलिब्रिज निर्माण हुने भएको छ । पिखुवा खोलामा बेलिब्रिज जडान गरी दुई गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने प्रक्रिया अघि बढाइएको हो ।

    images
    images

    पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ भने आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको छ । वर्षायामका कारण खोलामा पानीको बहाव बढेकाले हाल निर्माण सुरु गर्न नसकिएको कार्यालयले जनाएको छ ।

    पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार रु २ करोड ६१ लाख ४८ हजार ८३५ लागतमा बेलिब्रिज निर्माण गर्न लागिएको हो । वर्षा कम हुनासाथ निर्माण कार्य सुरु गर्ने तयारी रहेको उनले बताए।

    images
    images

    बेलिब्रिज निर्माणको जिम्मेवारी राउन कन्स्ट्रक्सन, उदयपुरले पाएको छ । आगामी भदौको पहिलो सातादेखि निर्माण सुरु गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

    पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले लामो समयको पहल र मेहनतपछि फत्तेपुर दोभानमा बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन सफल भएको बताउनुभयो । मोटरेबल पुलको अभावमा वर्षौंदेखि स्थानीयवासीले आवतजावतमा समस्या झेल्दै आएको भन्दै पुल निर्माणपछि यातायात सहज हुने उनको भनाइ छ ।

    अध्यक्ष राईका अनुसार पुल निर्माण सम्पन्न भएपछि क्षेत्र अरुण करिडोरसँग सहज रूपमा जोडिनेछ । त्यसपछि तिवारी भञ्ज्याङदेखि धरानसम्मको दूरी करिब ८१ किलोमिटरमा सीमित हुने र यसबाट यातायात, व्यापार तथा सेवा प्रवाहमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

    स्थानीयवासीका अनुसार स्थायी पुलको अभावमा विशेषगरी वर्षायाममा पिखुवा खोला पार गर्न निकै कठिन हुने गरेको छ । पुल निर्माणपछि दैनिक आवतजावत तथा स्थानीयको जीवनयापन सहज हुने स्थानीय सरोज राईले बताए ।

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माणलाई स्थानीयस्तरको यातायात पूर्वाधार सुधारसँगै भोजपुरका ग्रामीण क्षेत्रलाई अरुण करिडोर तथा धरानसँग जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend