काठमाडौँ । अटोमोबाइल क्षेत्रको महत्त्वपूर्ण मानिएको 'नाइमा मोबिलिटी एक्स्पो' आज (साउन २६) देखि काठमाडौंमा सुरु हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुने यो प्रदर्शनी आगामी साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।पाँच दिनसम्म चल्ने यस एक्स्पोमा ५१ वटा स्टलहरू रहनेछन् भने ५५ भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहनेछ।
अवलोकनकर्ताहरूका लागि यस प्रदर्शनीमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा मोडलहरू लन्च गरिने आयोजकले जनाएको छ। एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समेटिने र गत वर्षभन्दा यस वर्षको अटो एक्स्पो थप भव्य हुने नाइमाले जनाएको छ । नाइमा अटो एक्स्पोमा दुईपाङ्ग्रेतर्फ बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूज, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोसीएक्स मोटरसाइकल लगायत ब्रान्ड रहने नाइमाले जनाएको छ ।




.gif)



