images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड सार्वजनिक

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं, २८ साउन । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड स्कुटर सार्वजनिक गरेको छ। नाइमा अटो शो २०२६ का अवसरमा सार्वजनिक गरिएको यस मोडलमा प्रविधि र दैनिक प्रयोगलाई ध्यानमा राख्दै विभिन्न स्मार्ट फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग कनेक्ट गर्न सकिने डिजिटल एलसीडी डिस्प्ले तथा सुजुकी राइड कनेक्ट सुविधा उपलब्ध छ। यसले स्कुटर चलाउँदा आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ।

    स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, अनुमानित यात्रा समय, फोन कल तथा एसएमएस नोटिफिकेसन, ह्वाट्सएप अलर्ट, मिस्ड कल सूचना, मोबाइल ब्याट्री तथा नेटवर्क जानकारी जस्ता सुविधा दिइएको छ। त्यस्तै, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान र सर्भिस रिमाइन्डरलगायत सुविधा पनि उपलब्ध छन्।

    images
    images

    कनेक्टिभिटी सुविधासँगै एक्सेस १२५ मा १२४ सीसी इन्जिन रहेको छ। सहरी क्षेत्रमा दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले स्कुटरमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

    सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेडमार्फत नेपाली ग्राहकका लागि उपयोगी स्मार्ट प्रविधि भित्र्याइएको बताए। स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको प्रदर्शन क्षमताको संयोजनले नयाँ मोडल ग्राहकका लागि आकर्षक बन्ने उनको भनाइ छ।

    नयाँ एक्सेस १२५ कनेक्टेड नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ। नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालि रहेको कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend