images

२०८३ आश्विन २ गते

images
images
images

मोदीको बाढीले सडक र पुल बगाएपछि बिरेठाँटी–घान्द्रुक सम्पर्कविच्छेद

मोदीको बाढीले सडक र पुल बगाएपछि बिरेठाँटी–घान्द्रुक सम्पर्कविच्छेद

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • कास्की, २९ साउन । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि बिरेठाँटी–घान्द्रुक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images
    images

    बाढीले अन्नपूर्ण–८ बिरेठाँटीमा सडक कटान गर्नुका साथै एक कच्ची घर पूर्ण रूपमा बगाएको छ। चिमुङ, स्याउलीबजार तथा स्याउलीबजार–सार्दीखोला सडकखण्डमा समेत क्षति पुगेपछि यातायात ठप्प भएको गाउँपालिकाले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका ७, ८, ९, १० र ११ वडाका विभिन्न सडकसमेत अवरुद्ध भएका छन्।

    गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बाढीका कारण घान्द्रुकको पोखरासँगको सडक सम्पर्क टुटेको छ। यसबाट स्थानीय बासिन्दासँगै घान्द्रुक आउने पर्यटकसमेत प्रभावित भएका छन्।

    images
    images

    बाढीले बिरेठाँटीका विजय गुरुङको कच्ची घर पूर्ण रूपमा बगाएको छ भने माया पाइजाको कच्ची टहरा उच्च जोखिममा परेपछि चार सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

    त्यस्तै, अन्नपूर्ण–१० स्याउलीबजार र वडा नं। ७ हवाली जोड्ने पैदल झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग बाढीले बगाएको छ। स्याउलीबजार गेस्टहाउसमा समेत बाढी पस्दा होटलका सामान तथा संरचनामा क्षति पुगेको छ।

    अन्नपूर्ण–११ छुम्रुङबेदीस्थित घान्द्रुक जलविद्युत् आयोजनामा समेत बाढीले कामदार बस्ने कोठा, शौचालय, भान्सा तथा आयोजनाका सामग्रीमा क्षति पुर्‍याएको छ। अन्नपूर्ण–५ हाइजुङस्थित माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको भने सकुशल उद्धार गरिएको छ।

    बाढीले मन्दिर आवतजावतका लागि प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुलसमेत बगाएको छ। विद्युत्का खम्बा बग्नुका साथै सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीय जनजीवन प्रभावित भएको छ।

    बाढीबाट भएको क्षतिको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहित जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ। यसैबीच मादी गाउँपालिका–१ हुँगीमा मादी नदीको बाढीले निर्माणाधीन अपरमादी जिरो हाइड्रोपावरको टिपर बगाउनुका साथै आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend