images

२०८३ आश्विन २ गते

images
images
images

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डेय निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डेय निर्वाचित

images
images
शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को नयाँ कार्यसमितिको अध्यक्षमा भरतजंग पाण्डेय निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा राजकुमार देवकोटा निर्वाचित भएका छन्।

    images
    images

    शुक्रबार सम्पन्न निर्वाचनमा पाण्डेय नेतृत्वको प्यानलले अधिकांश पदमा जित हासिल गरेको हो। नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै सम्पन्न २५औँ कार्यसमिति निर्वाचनबाट पाण्डेय नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो।

    अध्यक्ष पदका लागि जिस्वान तुलाधर श्रेष्ठ र युविका राजभण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए। नाट्टाको अध्यक्ष पदका लागि पहिलोपटक दुई महिला उम्मेदवारले दाबी गरेका थिए।

    images
    images

    नयाँ नेतृत्वले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। नाट्टा नेपालका ट्राभल तथा टुर व्यवसायीहरूको प्रमुख छाता संगठनका रूपमा पर्यटन उद्योगका विभिन्न विषयमा सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend