काठमाडौं, २ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले पोखरास्थित बरपिपल रिसोर्ट पोखरासँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले बरपिपल रिसोर्ट पोखरामा खाना, आवास तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकलाई पर्यटन तथा आतिथ्य सेवामा सहज र आकर्षक सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि आवास सुविधासहित ब्रेकफास्ट, लन्च र डिनरसमेत निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसबाट परिवार, साथीभाइ तथा समूहगत भ्रमणमा जाने बैंकका ग्राहकले थप सुविधा लिन सक्नेछन्।
विशेष छुट तथा सुविधा लिनका लागि बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ। वैकल्पिक रूपमा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरे पनि उक्त छुट तथा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न व्यावसायिक तथा जीवनशैलीसम्बन्धी सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न प्रतिष्ठानसँग सहकार्य गर्दै आएको जनाएको छ। रिसोर्टसँगको सम्झौताले पोखरा भ्रमण गर्ने ग्राहकलाई आवास, खानपान तथा मनोरञ्जन सेवामा सहजता पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले ग्राहकलाई लक्षित गर्दै आधार दरमा शून्य प्रतिशत प्रिमियममा अटो लोन समेत सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार उक्त कर्जामार्फत ग्राहकले आधार दरमै सवारीसाधन खरिदका लागि लगानीको सुविधा लिन सक्नेछन्।
बैंकले ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै बैंकिङ सेवासँगै पर्यटन, आतिथ्य तथा सवारी कर्जालगायतका क्षेत्रमा विभिन्न सुविधा विस्तार गर्दै आएको छ। बरपिपल रिसोर्टसँगको सम्झौता तथा शून्य प्रतिशत प्रिमियमको अटो लोन सुविधाले ग्राहकलाई थप लाभ पुर्याउने बैंकको विश्वास छ।




.gif)





