काठमाडौं । नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो।हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाख मै बजारमा प्रस्तुत गरेको थियो र नाइमा अटो शोमा २ लाख छुट समेत प्रदान गरेको थियो। त्यसैगरी प्रिमियम भर्सनको मूल्य १ करोड २८ लाख थियो भने यस मोडलको पिकअपमा ५ लाख छुट प्रदान गरिएको थियो।
यस कम्पनीले यो छुट सुविधा नाइमा मोबिलिटी एक्सपोको लागि मात्र कायम गरिएको भएतापनि धेरै ग्राहकहरूले नाइमा पछि पनि केही दिनका लागि उक्त अफर कायम राखिदिन गरेका थिए । सोही अनुसार कम्पनीले भदौ १५ गतेसम्मका लागि यो छुट सुविधा जारी राखेको जनाएको छ।




.gif)



