images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्से झिनो अंकले घट्यो, कारोबार ३...

नेप्से झिनो अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड

नेप्से झिनो अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ। बुधबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ । अघिल्ले दिन दोहोरो अंकले घटेको बजार आज भने ०.२६ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२२.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ११० कम्पनीको सेयर मूल्य बढेको छ । आज १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.०८ अंकले घटेर ४६१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचसँगै कारोबार पनि घटेको छ । आज सेयर बजारमा ३४६ कम्पनीका ९५ लाख ८ हजार ८८२ कित्ता सेयर ४२ हजार ७०९ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend