images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • नयाँ नामी भिगो ई–२ सार्वजनिक, यस्तो...

नयाँ नामी भिगो ई–२ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

नयाँ नामी भिगो ई–२ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • नामी भिगो गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले बुधबार एक कार्यक्रमको आयोजना गरि नयाँ नामी भिगो ई–२ सार्वजनिक गरेको हो । कम्पनीले नयाँ नामी भिगोको ईटुको मूल्य नाडा अटो शोसम्म ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । गाडीको एमआरपी मूल्य ३७ लाख ९९ हजार रुपैयाँ राखिएको छ । यसमा मुनरुफ छैन र टायर साइज १७ इन्चको छ । उक्त गाडी सार्वजनिक गर्दै एमडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले ग्राहकको रुचि, आवश्यकता र मूल्यलाई कम्पनीले प्राथमिकता दिने गरेको बताए । ग्राहकको रुचिलाई ‘कस्टमाइजेसन’ को महत्वपूर्ण पक्षका रूपमा कम्पनीले लिएको अग्रवालको भनाइ छ ।

    images
    images

    ‘कम्पनीको मुख्य प्राइसमा केन्द्रित ग्राहकलाई हेरेर बजारमा सवारिसाधन ल्याउनु हो । सानो गतिविधिदेखि नयाँ ईभी ल्याउने वा सर्भिस सुधार्नेसम्म हरेक निर्णय ग्राहकको आवश्यकता, चाहना र मूल्यलाई ध्यानमा राखेर गर्छौ’, अग्रवालले भने । नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याइएको हो। कम्पनीले फिचर कटौती गरेर ल्याएसँगै मूल्य पनि सस्तिएको हो। नयाँ भिगोमा मुनरुफ हटाइएको छ। यी बाहेक अरू सबै फिचर यथावत छन्।नामी भिगो एसयूभी ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध छ। अब ईटुमा ५१.८७ किलोवाट आवर क्षमताको आउनेछ। यसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ। यसले १६७ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ।यसमा ९९ किलोवाट मोटर र १९० एमएम ग्राउन्ड क्लियरेन्स छ । भिगो एसयूभीमा न्याभ, रेस्ट र स्नो मोडमध्ये छानेर एसी चलाउन मिल्छ। भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ। यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ।

    कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका दुई सिट बेडकै रूपमा तयार गर्न मिल्नेगरी दिएको छ। नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ। यसमा बाहिर पनि स्पीकर छ। एडास लेभल टु, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ। वेलकम साउण्ड, १८ इन्चको ह्वील, अटोमेटिक हाइल र लो बीम छनोट गर्ने हेडलाइटले चालकलाई राती गाडी चलाउन निकै सहज बनाउँछ।कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ। बाहिर टी आकारमा सजिएको एलईडी हेडल्याम्प, ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले फरक लुक्स प्रदान गर्छ । तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ। क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोडमध्ये कुनै एक छनोट गर्न सकिन्छ । यसमा ६ एयरब्याग, एडास र त्यसभित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरले एसयूभीलाई सुरक्षित बनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend