काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात भदौ ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले भदौ १८ गते, नेपाल बैंक्वेट, नयाँबजार काठमाडौँमा १४ औँ तथा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले लाभांशको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।




.gif)



