images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सात अंकले बढ्यो नेप्से, कारोबार रकम...

सात अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो

सात अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । बिहीबार सेयर बजार परिसूचकमा सामान्य सुधार देखिएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा घटेको सेयर बजार आज भने सामान्य अंकले बढेर बन्द भएको हो । लगातारको गिरावटमा ब्रेक लागेर आज नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १३२ कम्पनीकै सेयर मूल्य बढेको छ । आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले बढेर ४६२.८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा आज ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर ४७ हजार ९१९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend