images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • राइडरको उचित आम्दानी सुनिश्चित गर्न पठाओ...

राइडरको उचित आम्दानी सुनिश्चित गर्न पठाओ तयार

राइडरको उचित आम्दानी सुनिश्चित गर्न पठाओ तयार

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं, भदौ ५ । पठाओ नेपाल प्रालिले राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने बताउँदै उचित आम्दानी सुनिश्चित गर्ने विषयमा आफू सकारात्मक रहेको जनाएको छ। पठाओले राइडरबाट उठ्दै आएको न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडादरको मागको भावनासँग आफू सहमत रहेको जनाएको छ। कम्पनीका अनुसार हालको भाडा संरचना आधारभाडा, प्रतिकिलोमिटर र प्रतिमिनेट शुल्कमा आधारित रहेकाले विभिन्न दूरीका राइडको औसत प्रभावकारी भाडादर करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्न आउँछ।

    images
    images

    पठाओले बजारमा मूल्य प्रतिस्पर्धा बढ्दै गएपछि राइडरको आम्दानी घटाउनुको सट्टा आफ्नो आम्दानीको हिस्सा घटाएको जनाएको छ। बाइक सेवामा रहेको २० प्रतिशतसम्मको कमिसन संरचना परिवर्तन गरी ग्राहकबाट लिइने १२ रुपैयाँ निश्चित प्लेटफर्म शुल्कको व्यवस्था गरिएको कम्पनीले स्पष्ट पारेको छ। उक्त शुल्कमा राइडर तथा ग्राहकको सुरक्षासँग सम्बन्धित बीमा शुल्कसमेत समावेश रहेको जनाएको छ। कम्पनीले राइडरको सुरक्षा तथा कल्याणका लागि बीमा, आकस्मिक अवस्थामा तत्काल सहयोग गर्ने संयन्त्र, २४ घण्टा सहायता सेवा तथा विभिन्न सुविधासहितको कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    पेट्रोल खर्चमा सहयोग, निःशुल्क बाइक सर्भिसिङ, मोबाइल डेटा, अस्पताल तथा अन्य सेवामा छुट, छोराछोरीको शिक्षाका लागि वार्षिक सहायता र दुर्घटनाका कारण काम गर्न नसक्दा आम्दानीमा सहयोग गर्ने सुविधा उपलब्ध रहेको पठाओले जनाएको छ। पठाओका अनुसार विद्यमान भाडादर निर्धारण गर्दा इन्धन, सवारी साधनको लागत तथा ह्रास, मर्मतसम्भार र सञ्चालन खर्चलाई आधार बनाइएको छ। कम्पनीले सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै आवश्यकताअनुसार भाडादर समायोजन गर्दै आएको जनाएको छ।

    images
    images

    सरकार, राइडर प्रतिनिधि, डिजिटल प्लेटफर्म र अन्य सरोकारवालाबीच सहमति भई सबै प्लेटफर्ममा समान रूपमा लागू हुने न्यूनतम वा साझा भाडादर निर्धारण भएमा त्यसअनुसार आफ्नो भाडा संरचना संशोधन गर्न तयार रहेको पठाओले जनाएको छ। कम्पनीले राइड–सेयरिङ क्षेत्रको नियमन भाडादरमा मात्र सीमित हुन नहुने बताउँदै बीमा, सुरक्षा मापदण्ड, ग्राहक तथा राइडर सहायता, दुर्घटना व्यवस्थापन र गुनासो सम्बोधनलाई समेत समान रूपमा लागू गर्नुपर्नेमा जोड दिएको छ। पठाओका प्रबन्ध निर्देशक यशु थकालीले राइडरको सम्मानजनक तथा दिगो आम्दानी, ग्राहकको सुरक्षा र निष्पक्ष प्रतिस्पर्धालाई कम्पनीले प्राथमिकतामा राखेको बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend