images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्बमा सिमित

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्बमा सिमित

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन एकल अंकले बढेको पुँजी बजार आज भने दोहोरो अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५४ अंकले घटेर ४६१.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्यमा गिरावट आएको छ भने एउटा उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । आज सेयर बजारमा ३४४ कम्पनीका १ करोड २२ हजार ७६५ कित्ता सेयर ५९ हजार ८०५ पटक खरिद बिक्री हुँदा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend