images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • साताको पहिलो दिन नै राताम्य बन्यो...

साताको पहिलो दिन नै राताम्य बन्यो सेयर बजार, नेप्से १९ अंकले घट्यो

साताको पहिलो दिन नै राताम्य बन्यो सेयर बजार, नेप्से १९ अंकले घट्यो

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । गत साता करिब १ प्रतिशतले घटेको सेयर बजार यो साताको पहिलो दिन नै ०.७३ प्रतिशतले घटेर बन्द भएको हो । सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेको छ । पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको बजार यो साताको सुरुको दिन पनि निरन्तर्ता पाएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४७ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । त्यस्तै आज र्दुइ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ४५८.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये सबै १३ वटैको सेयर मूल्य घटेको छ । परिसूचक उच्च अंकले घटेको दिन बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ५३ हजार १५३ पटक खरिद बिक्री हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६ हजार ५४९ रुपैयाँको कारोबार भएको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend