काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते, बिहीबार, होटल इम्पेरियलमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।





.gif)





