images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • बाढीको प्रभावले सेयर बजार राताम्मे, नेप्से...

बाढीको प्रभावले सेयर बजार राताम्मे, नेप्से ३५.९२ अंकले घट्यो

बाढीको प्रभावले सेयर बजार राताम्मे, नेप्से ३५.९२ अंकले घट्यो

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं। बुधबार सेयर बजार परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि सामान्य घटेको बजार आज भने उच्च अंकले घटेर बन्द भएको हो । रसुवामा आएको बाढीका कारण अधिकांश जलविद्युत कम्पनीमा क्षति पुगेको र जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरवाट भएको दिन बजार ३५.९२ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५५८.३५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २५२ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । त्यस्तै ३ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ४५१.६६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबैको सेयर मूल्यमा गिरावट आएको छ । आज हाइड्रोपावर समूहको सेयरमा मात्रै १०४ अंकको गिरावट आएको छ । 

    images
    images

    परिसूचक उच्च अंकले घटेको दिन बजारमा पौने ५ अर्बको कारोबार भएको छ । आज ३४८ कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर ६१ हजार ४४२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने दुई वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend